Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 विद्युत प्राधिकरणका इन्जिनियर दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा

 विद्युत प्राधिकरणका इन्जिनियर दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा

  • बिहिवार, आषाढ ७ २०८०

  • 1.1K
    SHARES

  •  विद्युत प्राधिकरणका इन्जिनियर दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  यादवले जागिरे अवधिमा कमाएको आम्दानी भन्दा दोब्बर सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दर्ता गरेको हो । 
     
    २०४८ पुस ९ गते जागिर खाएका यादव २०७९ जेठ ९ मा अवकाश पाएका थिए । उनले यो अवधिमा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा आय आर्जन गरेको देखिन्छ । तर, उनले घर, निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोराछोरीलाई विदेश पठाउँदाको खर्च, शेयर खरिद तथा लगानी र बैंक मौज्जादसमेत  गरी तीन करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । आयोगका अनुसार यादवको सिर्जित सम्पत्ति एवं खर्च तथा लगानी गरेको कूल खर्च र सोही अवधिको आय व्यय विवरण अनुसार स्रोत खुल्न आएको वैध सम्पत्तिको अनुपातमा एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैयाँ ४१ पैसाको स्रोत खुल्दैन ।
     
    उक्त रकमको स्रोत नखुलेको एवं यादवले राष्ट्रसेवक भएपश्चात् के कस्तो श्रोतबाट आर्जन गरेको हो रु भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेको हुँदा साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको आयोगको माग दाबी छ । आयोगले एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैयाँ ४१ पैसाको बिगो जरिवाना र कैद सजायको माग दाबी गरेको छ । 
     
    आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण र शेयर खरिद गरेको देखिन्छ । उनका अनुसार मञ्जुदेवीको नाममा रहेको सम्पत्ति बिगो जफत गरी असुलउपर गर्ने र उनीविरुद्धसमेत साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम मुद्दा दर्ता गरिएको छ ।


    बिहिवार, आषाढ ७ २०८००५:००:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij