Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल : राजस्थानको लगातार दोस्रो जित

आईपीएल : राजस्थानको लगातार दोस्रो जित

  • सोमवार, आश्विन १२ २०७७

  • 1.8K
    SHARES

  • आईपीएल :  राजस्थानको लगातार दोस्रो जित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

    सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

    राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
    राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए ।

    राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनी राजस्थानको जितमा मुख्य नायक बने ।
    टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए ।

    यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

    मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
    ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे ।राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए । 

    जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।

    पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

     


    सोमवार, आश्विन १२ २०७७०८:१६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij