Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट, साढे ३ अर्बको कारोबार

सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट, साढे ३ अर्बको कारोबार

  • बुधवार, आषाढ ६ २०८०

  • 730
    SHARES

  • सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट, साढे ३ अर्बको कारोबार
    काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले गिरावट हुँदा २०५०.७८ को विन्दुमा बन्द भएको छ ।
     
    २३ जेठपछि ३ असार आइतबारसम्म लगातार १० कारोबार दिनमा १९१ अंकको वृद्धि भई २०९४.३३ को विन्दुमा पुगेको नेप्से सोमबारदेखि भने घट्न लागेको थियो । ३ दिन लगातार गिरावट हुँदा नेप्से करिब ४४ अंकको गिरावट भइसकेको छ । आज होटेल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसूचकमा वृद्धि भएपनि त्यसबाहेकको सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले गिरावट भएको हो ।
     
    होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ४.८४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक ०.११ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.२७ प्रतिशत र व्यापार उपसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ । यता हाइड्रोपावर उपसूचक १.६२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले र हुँदा विकास बैंक उपसूचक १.३६ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै लगानी उपसूचक १.६० प्रतिशत, लघुवित्त उपसूचक १.०६ प्रतिशत र बैंकिङ उपसूचक ०.८२ प्रतिशतले घटेको छ ।
     
    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार चार अर्ब माथिको कारोबार भइरहेको बजारमा आज भने घटेर साढे ३ अर्ब भन्दा तल झरेको छ । आज नेप्सेमा ५९ हजार ८१३ वटा कारोबारमा ८६ लाख ५१ हजार १६४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाखको कारोबार भएको छ । जसमध्ये शिवं सिमेन्टको सर्वाधिक २३ करोड ६ लाखको कारोबार हुँदा सोल्टी होटेलको १९ करोड ३५ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
     
    आज नेप्सेमा गिरावट हुँदा कारोबार भएका १७९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कुल २२४ सूचीकृत कम्पनीका सेयर कारोबार भएकोमा ४५ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । जसमध्ये सिटी होटेलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सोल्टी होटेलको सेयरमूल्य ७.४४ प्रतिशतले वृद्धि हुँदा बीपीडब्ल्यू लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ ।
     
    यता ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ६.९८ प्रतिशतले गिरावट हुँदा मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य ५.४८ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ५.४१ प्रतिशतले गिरावट भएको छ ।
     


    बुधवार, आषाढ ६ २०८००३:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij