Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चौतारीको चिसो हावासँगै ईन्टरनेट सरर...

चौतारीको चिसो हावासँगै ईन्टरनेट सरर...

  • बुधवार, आषाढ ६ २०८०

  • 1.3K
    SHARES

  • चौतारीको चिसो हावासँगै ईन्टरनेट सरर...

    खेम बम

    काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ मा रहेका पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्भार अभियान शुरु गरिएको छ । परापूर्वकालमा निर्माण भएका पाटीपौवा, चौताराहरुलाई संरक्षण एवं सम्वर्द्धन गर्दै मानिसहरुलाई समेत अपनत्व महसुश गराउने हेतुले अभियान सञ्चालन गरिएको हो ।

    रम्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर काफ्लेले स्थानीय तहको चुनावअघि गरेका आफ्ना बाचाहरुलाई पुरा गर्दै चौतारी संरक्षणमा जुट्नुभएको छ । पछिल्लो समय विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालनमा ल्याएको वडाध्यक्ष काफ्लेको भनाइ छ ।

    काफ्लेले भन्नुभयो, ‘युवा, वयस्क उमेरसमूहका सर्वसाधारण नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै ईन्टरनेटको प्रयोग गर्नेछन् । उनीहरु आफूलाई चाहिने सामाग्री समेत गुगलमा खोजेर पढ्न सक्नेछन् । फेसबुक, टिकटक मात्रै नभएर ज्ञानवर्द्धक कुराहरुपनि ईन्टरनेटको प्रयोगबाट लिन सकिन्छ ।’

    हावा, पानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । गाउँघरमा कसैले चोर्ने डरपनि नभएको उहाँको भनाइ छ । वडा नम्बर १ मा रहेका २० वटा चौताराहरुमा आफ्नो कार्यकालभित्र ईन्टरनेट सेवा प्रवाह गर्ने काफ्लेको प्रतिवद्धता छ । अहिले दुईवटा चौतारामा ईन्टरनेट जोडिएको छ । ईन्टरनेट सेवाप्रदायक कम्पनीले वार्षिक १३ हजार खर्चमा सेवा दिने छ । जसको भुक्तानी वडाले एकमुष्ट गर्ने छ ।

    गाउँकै चौतारामा ईन्टरनेट चलाउन पाएपछि स्थानीयपनि खुसी भएका छन् । आफ्नो समयको ख्याल राखी ज्ञानमूलक सामाग्री र सन्देशहरु लिन वडाध्यक्ष काफ्लेको आग्रह छ । उहाँले वडाभरी रहेका पुरातात्विक सम्पदाको विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभयो ।


    बुधवार, आषाढ ६ २०८००२:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij