Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज सफल अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज सफल अवतरण

  • बुधवार, आषाढ ६ २०८०

  • 456
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज सफल अवतरण

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चिनियाँ जहाज सफल अवतरण भएको छ ।

    चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो ।

    ‘सिचुवान एयरलाइन्स’को एयरबस ए–३१९ विमान बुधबार बिहान ९ बजेर ५ मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय ३५ जना यात्रुसहित आउने यो उडान चार्टर्ड उडान हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीसहितले चीनबाट आएको विमानलाई स्वागत गर्नु भएको थियो ।

    आगामी शुक्रबार र शनिबार फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक लिएर विमान पोखरा आएको हो ।


    बुधवार, आषाढ ६ २०८०१०:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij