काठमाडौं । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटना भएको बझाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।
सबै जनाको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।