Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बाढी र पहिरोको क्षतिबारे प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठद्वारा जानकारी

बाढी र पहिरोको क्षतिबारे प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठद्वारा जानकारी

  • मंगलवार, आषाढ ५ २०८०

  • 367
    SHARES

  • बाढी र पहिरोको क्षतिबारे प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठद्वारा जानकारी

    काठमाडौं। असार महिनामा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराउनु भएको हो । विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूणर् रुपमा क्षति भएको पनि उहाँले जानकारी दिनुभयो।

    असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ । गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताउनु भएको छ।

    उहाँले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।

    घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।


    मंगलवार, आषाढ ५ २०८००१:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij