Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पाँचथरमा बाढी पहिरोमा फसेका १२ जनाको  हेलिकप्टरमार्फत उद्धार

पाँचथरमा बाढी पहिरोमा फसेका १२ जनाको  हेलिकप्टरमार्फत उद्धार

  • सोमवार, आषाढ ४ २०८०

  • 718
    SHARES

  • पाँचथरमा बाढी पहिरोमा फसेका १२ जनाको  हेलिकप्टरमार्फत उद्धार
    काठमाडौं ।  पाँचथरमा बाढी पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
     
    उदार गरिएकाहरूमा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेका छन् ।
     
    उनीहरूलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
     
    यस्तै, हेंवा बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका ७ माझीटारकी एलिशा गुरुङको शव भेटिएको छ । उनको शव धनकुटाको ५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो ।
     
    पाँचथरको बाढी पहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।


    सोमवार, आषाढ ४ २०८०११:२९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij