Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पाल्पाको रामपुर अस्पतालमा डाइलासिस सेवा सुरु हुने, पाँच वटा डाइलासिस मेसिन प्राप्त

पाल्पाको रामपुर अस्पतालमा डाइलासिस सेवा सुरु हुने, पाँच वटा डाइलासिस मेसिन प्राप्त

  • सोमवार, आषाढ ४ २०८०

  • 962
    SHARES

  • पाल्पाको रामपुर अस्पतालमा डाइलासिस सेवा सुरु हुने, पाँच वटा डाइलासिस मेसिन प्राप्त
    पाल्पा । पाल्पाको रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट टेकुले रामपुर अस्पतालको मागेअनुसार ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सहित ७८ लाख ७३ हजार ५ सय ९९ सय बराबरको सामाग्री प्रदान गरेको हो ।
     
    यस भेगका जनतालाई सहज र सरल डाइलासिस सेवा प्रदान गर्ने उद्देश्यका साथ रामपुर अस्पताललाई महाशाखाले आइतबार मेसिन प्रदान गरेको छ । डाइलासिस मेसिनको अभावमा गण्डकी बेसी क्षेत्रका मृगौला रोगका बिरामीहरू डाइलासिसको लागि शहर बजार क्षेत्रमा जान बाध्य भएका थिए । महाशाखाको कार्यालय टेकु काठमाडौं बाट महाशाखा प्रमुख डाक्टर सर्वेश शर्माले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नेपाली कांग्रेसका यूवा नेता तथा अन्तर्राष्ट्रिय वि.पी. चिन्तन प्रतिस्थानका अध्यक्ष सन्दीप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारलाई हस्तान्तरण गर्नुभएको हो ।
     
    हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारी, पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल लगायतको उपस्थिति रहेको थियो । मेशिन ग्रहण पश्चात् रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले रामपुर अस्पताल व्यवस्थापन गर्नका लागि रामपुर नगरपालिका सदैव लागि पर्ने प्रतिबद्धता जनाउँदै डाइलासिस मेसिन सुचारुसँगै गण्डकी बेसी क्षेत्रका जनतालाई ठुलो राहत मिल्ने बताउनुभयो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले मेसिन प्राप्त गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्दै अस्पताल बाट सेवा प्रवाह गर्नका लागि आवश्यक व्यवस्थापनका कार्य गर्ने बताउनुभयो ।
     
    नेपाली कांग्रेसका युवा नेता एवं अन्तर्राष्ट्रिय वि पी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले पाल्पा मात्र नभई तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, गुल्मी र अर्घाखाँचीका जनतालाई समेत सेवा दिन सक्ने गरी आवश्यक पूर्वाधार तयार तयार गर्नु आवश्यक रहेको बताउँदै अगामी दिनमा रामपुर अस्पताललाई ट्रमा सेन्टर तथा बहुविशेषज्ञ सेवा सहित अगाडि बढाउनु पर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर सर्वेश शर्माले मेसिन सही रूपमा सदुपयोग गरी मृगौलाका बिरामीलाई सहज रूपमा सेवा प्रदान गर्न आग्रह गर्नुभयो । रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पताल बाट हाल प्रवाह भइरहेका सेवा र सञ्चालनमा देखिएका चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।
     


    सोमवार, आषाढ ४ २०८००७:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij