Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङ पहिरो : एकको मृत्यु, तीन बेपत्ता

ताप्लेजुङ पहिरो : एकको मृत्यु, तीन बेपत्ता

  • आइतवार, आषाढ ३ २०८०

  • 493
    SHARES

  • ताप्लेजुङ पहिरो : एकको मृत्यु, तीन बेपत्ता

    काठमाडौं । अविरल वर्षा सॅगैको पहिरोले सिदिङवा गाउॅपालिका–६ मेहेलेका ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ ।

    शनिबार राति पानी पर्न थालेपछि आमाबुबासहित परिवारलाई सुरक्षित ठाउॅमा लैजाने क्रममा उनको पहिरोमा परी मृत्यु भएको हो ।

    शनिबार बेलुकादेखि बेपत्ता उनको शव आइतबार बिहान भेटिएको थियो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार यसै वडाका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र नौ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता रहेका छन् । प्रहरी र स्थानीयद्वारा उनीहरुको खोजी जारी छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ५१ घर जोखिममा रहेका छन् । पक्की पुल तीन र झोलुङगे पुल पाँच वटामा क्षति पुगेको छ । गाई ५, भैँसी २, बाख्रा ८ वटा पहिरोले बगाएको विपद् व्यवस्थापन समितिले जनाएको छ । २ वटा हाइड्रो पावर, ७ वटा सरकारी कार्यालय, १ विद्यालय र ५ वटा बाटो अवरुद्ध भएको पनि तथ्यांकमा उल्लेख छ ।

    प्रजिअ चेम्जोङका अनुसार सिदिङवा, सिरिजंगा, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा क्षति भएको हो ।


    आइतवार, आषाढ ३ २०८००७:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij