Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं गोलीकाण्ड : उपचारपछि अनुसन्धान हुने

काठमाडौं गोलीकाण्ड : उपचारपछि अनुसन्धान हुने

  • आइतवार, आषाढ ३ २०८०

  • 1.3K
    SHARES

  • काठमाडौं गोलीकाण्ड : उपचारपछि अनुसन्धान हुने

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार जारी छ।

    ८ दिनअघि २८ जेठमा धरानबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि प्रहरीले पछ्याएको थियो।

    विराटनगरको जोगबनी नाकाबाट नेपालमा लागूऔषध भित्र्याउने मध्येका मुख्य व्यक्ति भगतले लागूऔषध लिएर आएको सूचनाको आधारमा प्रहरीले उनलाई पछ्याएको थियो।

    त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो। त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो ।

    ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार त्यसक्रममा प्रहरीलाई नै आक्रमण गरेपछि प्रतिकारमा गोली चलाउनु परेको थियो। ‘अहिले त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ’, थपलियाले भन्नुभयो, ‘परिवारका सदस्य पनि अहिले काठमाडौं आएका छन्, अवस्था सामान्य छ।’

    अस्पतालमा भएकाले उनीमाथि प्रहरीले विस्तृत अनुसन्धान गर्न पाएको छैन।


    आइतवार, आषाढ ३ २०८००७:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij