Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण फेला

नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण फेला

  • शुक्रवार, आषाढ १ २०८०

  • 936
    SHARES

  • नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण फेला

    काठमाडौं। नेपालमा पहिलो पटक एमपक्स अर्थात मंकीपक्सको संक्रमण देखिएको छ। एक जनामा एमपक्सको लक्षण देखिएर परीक्षण गर्दा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मंकीपक्स देखिएको पुष्टी गर्नुभयो । उहाँका अनुसार संक्रमित काठमाडौंको एक अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत छन्।

    नेपालमा पहिलो पटक भेटिएको यो संक्रमण हालसम्म  १११ देशमा पुष्टी भइसकेको छ। एमपक्स रोग अर्थोपोक्स भाइरस जेनस,पोक्सभिरडे फ्यामलीको मंकीपक्स भाइरसबाट हुने संक्रामक रोग हो।

    विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्छ।बिफरको उन्मुलनपछि सन् १९९० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा यसको संक्रमण देखिएको थियो। त्यसयता निरन्तर देखिइरहेको छ।

    सन् २०२२ र २०२३ मा यसले विश्वब्यापी प्रकोपको रुप लिएको थियो। यो भाइरस सार्ने स्रोतबारे एकीन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।


    शुक्रवार, आषाढ १ २०८००६:४५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij