Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

  • शुक्रवार, आषाढ १ २०८०

  • 612
    SHARES

  • सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित
    काठमाडौं । सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार(आज) एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले हिजो पाललाई निलम्बनका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । 
     
    केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको थियो । घटना छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको हो ।


    शुक्रवार, आषाढ १ २०८००२:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij