Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

यी हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युवर

यी हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युवर

  • बिहिवार, जेठ ३२ २०८०

  • 2.9K
    SHARES

  • यी हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युवर

    काठमाडौं । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेपछि सार्वजनिक गरेको हो ।

    कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।

    युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार ती कलाकार र युटुवरले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दै आएका थिए ।

    महाशाखाले बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।


    बिहिवार, जेठ ३२ २०८००२:१३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij