Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

  • सोमवार, जेठ २९ २०८०

  • 723
    SHARES

  • गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
    काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार(आज) सुनुवाइका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराउनुभएको थियो ।
     
    सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने गरी सोमबार पेसी तोकिएको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यस दिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
     
    २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
     


    सोमवार, जेठ २९ २०८०११:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij