Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नाला सफा गर्ने क्रममा हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला

नाला सफा गर्ने क्रममा हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला

  • आइतवार, जेठ २८ २०८०

  • 658
    SHARES

  • नाला सफा गर्ने क्रममा हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला

    काठमाडौं । वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।

    आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोला फेला परेको थियो ।

    जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

    उक्त गोलीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


    आइतवार, जेठ २८ २०८००६:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij