Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डीएलएमा यसपटक प्यानल विना निर्वाचन, अध्यक्षमा केसी विजयी

डीएलएमा यसपटक प्यानल विना निर्वाचन, अध्यक्षमा केसी विजयी

  • आइतवार, जेठ २८ २०८०

  • 669
    SHARES

  • डीएलएमा यसपटक प्यानल विना निर्वाचन, अध्यक्षमा केसी विजयी

    चितवन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए)मा यस पटक कुनै प्यानल विना निर्वाचन भएको छ ।

    काँग्रेसका अधिकांश भातृ तथा शुभेच्छुक संगठनहरुमा पार्टीकै समूह अनुसारको प्यानल बन्ने गरेपनि डीएलएमा भने प्यानल बनाउन निषेध गरिएको थियो । प्यानल बनाउन नपाएपछि व्यक्तिगत रुपमा भएको निर्वाचनमा अधिकांश महामन्त्री गगनकुमार थापा निकट उम्मेदवारहरु विजयी भएका छन् ।

    यसअघि इन्जिनियर्स एसोसिएसनमा पनि अधिकांश महामन्त्री थापा निकटकै उम्मेदवारहरु विजयी भएका थिए । कांग्रेसका अधिकांश भातृ तथा शुभेच्छुक संगठनमा थापा निकट उम्मेदवारहरु लोकप्रिय देखिएका छन् ।

    चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु भई शनिबार मतदान भएको डीएलएको ११औँ महाधिवेशनबाट अध्यक्षमा बरिष्ठ अधिवक्ता सिताराम केसी विजयी हुनुभएको छ । उहाँलाई निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावलले पछ्याउनु भएको थियो ।

    अध्यक्षमा केसी र दाहालसँगै केदार कार्की, लक्ष्मण थपलिया र कृष्ण घिमिरे भूषणले पनि प्रतिश्पर्धा गर्नु भएको थियो । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कबिता थापा कार्की विजयी हुनुभएको छ ।

    त्यसैगरी हरेक प्रदेशबाट एक एक जना केन्द्रीय उपाध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार कोशीबाट कबिता बस्नेत, मधेशबाट रमानन्द शाह, वागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भुमिश्वर शर्मा गौतम, लुम्बिनीवाट बिष्णु प्रसाद धिताल, कर्णालीबाट पदम बहादुर शाही र सुदुरपश्चिमबाट गंगाराम पाध्याय उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

    डीएलएको महासचिवमा भने ज्ञानेन्द्र प्रसाद अधिकारी, सचिवमा शिव प्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरी बहादुर बस्नेतले जित हासिल गर्नु भएको छ ।

    त्यसैगरी केन्द्रीय सदस्यमा अफताव आलम, गोबिन्दराम परियार, प्रबिण महर्जन, सतेन्द्र प्रजापती, अमित कुमार कर्ण, सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदिप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्र बहादुर थापा, दुर्गा प्रसाद पोखरेल, प्रज्वल अधिकारी, बिनोद अधिकारी, हरी प्रसाद रेग्मी, हरी प्रसाद पन्त, बिष्णु कुमारी शर्मा, भरत बहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र बिष्णु खनाल निर्वाचित हुनुभएको छ ।

    तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न देशभरी झण्डै १६ सय महाधिवेशन प्रतिनिधिहरु रहेपनि झण्डै ११ सय मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।


    आइतवार, जेठ २८ २०८००९:४५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij