Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुनकोशीमा बेपत्ता भएका अर्का एक जनाको पनि शव भेटियो

सुनकोशीमा बेपत्ता भएका अर्का एक जनाको पनि शव भेटियो

  • शनिवार, जेठ २७ २०८०

  • 1.1K
    SHARES

  • सुनकोशीमा बेपत्ता भएका अर्का एक जनाको पनि शव भेटियो

    काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता भएका थप एक कर्मचारीको शव फेला परेको छ। आज बिहान पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो । सो दुर्घटना हुँदा दुई जना कर्मचारीको शव गत मंगलबार फेला परेको थियो ।

    भुर्तेलको शव शनिबार दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

    भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडीका चालक भने पौडिएर बाहिर निस्किएका थिए ।

    तर, त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र इलामको फाकफोकथुम गाउँपालिका ४ फुएतप्पाका विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो ।


    शनिवार, जेठ २७ २०८००४:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij