Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

  • शनिवार, जेठ २७ २०८०

  • 321
    SHARES

  • देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    काठमाडौं । जाजरकोट, दाङ र मुगुमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    भेरी नगरपालिका–१३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन् ।

    स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।

    यस्तै, दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका –४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । घर नजिकै नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

    उता, मुगुमा खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा एक जनाको मुत्यु भएको छ ।

    छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो ।


    शनिवार, जेठ २७ २०८००८:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij