Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज पनि देशभर गर्मी उस्तै रहने

आज पनि देशभर गर्मी उस्तै रहने

  • शुक्रवार, जेठ २६ २०८०

  • 551
    SHARES

  • आज पनि देशभर गर्मी उस्तै रहने

    काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    राति पनि देशका पहाडी भू-भागको एक-दुई  स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

    देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन 'लू' चल्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


    शुक्रवार, जेठ २६ २०८००७:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij