Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ११ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर 

पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ११ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर 

  • सोमवार, जेठ २२ २०८०

  • 674
    SHARES

  • पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ११ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर 
    काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 
     
    दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र पोखराथोककै दुई वर्षीय संयोग गौतम रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
     
    परियार, विक र गौतमको घटनास्थलमै मृत्यु भएको हो । दुई वर्षीय संयोगको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ जनाको रुपन्देहीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
     
    दुर्घटनामा घाइते पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल, दुई जनाको चौराहा अस्पताल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमा अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिप सडकदेखि ७० मिटर तल खसेको छ ।
     
    दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न बनेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।


    सोमवार, जेठ २२ २०८००६:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij