Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते 

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते 

  • आइतवार, जेठ २१ २०८०

  • 763
    SHARES

  • पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते 
    काठमाडौं । पाल्पामा आज बेलुकी जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
     
    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् भने उनीहरूको पहिचान खुलेको छैन ।  
     
    सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीयले बताएका छन् । 
     
    घाइतेहरूलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ । प्रहरीको टोली पनि घटनास्थलमा पुगेको छ  ।


    आइतवार, जेठ २१ २०८००७:३५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij