Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

तराईमा आगामी पाँच दिन ’लू’ को चेतावनी

तराईमा आगामी पाँच दिन ’लू’ को चेतावनी

  • शुक्रवार, जेठ १९ २०८०

  • 462
    SHARES

  • तराईमा आगामी पाँच दिन ’लू’ को चेतावनी

    काठमाडौं। आगामी पाँच दिनसम्म तराईको भूभागमा लू लाग्न सक्ने जोखिम बढेको छ। मौसम पूर्वानुमान महाशाखा ले आज दिउँसो ’तातो दिन तथा लू सम्बन्धी बुलेटिन’ सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो।

    आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले जनाएको छ।

    साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ।

    तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने,बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने,मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।

    तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।


    शुक्रवार, जेठ १९ २०८००५:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij