Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता

सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता

  • शुक्रवार, जेठ १९ २०८०

  • 1.1K
    SHARES

  • सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता

    सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

    जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

    वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०/३२ का भानु पौडेल रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जानकारी दिएको छ ।


    शुक्रवार, जेठ १९ २०८००१:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij