Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा प्रेमिका र काकाको हत्या

बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा प्रेमिका र काकाको हत्या

  • बिहिवार, जेठ १८ २०८०

  • 1.1K
    SHARES

  • बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा प्रेमिका र काकाको हत्या

    काठमाडौं। बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा प्रेमिले आफ्नी प्रेमिकासहित २ जनाको हत्या गरेका छन्। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ मटेरियाकि २२ वर्षीया अञ्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

    कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले आज बिहान ९ बजेतिर उनीहरूमाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ। हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।


    बिहिवार, जेठ १८ २०८००३:०३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij