Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

  • शनिवार, आश्विन १० २०७७

  • 906
    SHARES

  • झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

    झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ ।

    तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित एक हजार एक सय ४५ जना कैदी बन्दी रहेका छन् ।

    जसमध्ये एक महिलासहित सात कैदी, एक भान्से र दुई जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीलाई कोरोना संक्रमण देखिएपछि कारगारभित्र त्रास सिर्जना भएको छ ।

    कोरोना संक्रमण देखिएका कैदीबन्दी र प्रहरी कर्मचारीलाई मेची प्रादेशिक कोभिड अस्पताल पठाइएको छ । हाल झापामा कोरोना संक्रमितको संख्या ८ सय ३६ पुगेको छ ।

    जसमध्ये ६ जनाको मृत्यु भएको छ भने ७ सय ५७ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।


    शनिवार, आश्विन १० २०७७१०:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij