Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन जेठ १९ गते हुने

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन जेठ १९ गते हुने

  • बिहिवार, जेठ १८ २०८०

  • 829
    SHARES

  • प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन जेठ १९ गते हुने

    काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशनका लागि प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन मुल समिति गठन गरिएको छ ।

    अन्य प्रदेशका अधिवेशनका बेला गरिएको अभ्यास अनुसार नै उपत्यका तथा प्रतिष्ठान प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अन्तर्गतका शाखा अध्यक्षहरु मुल समितिको सदस्य रहने व्यवस्था गरिएको छ ।

    अधिवेशनका लागि भण्डारीकै संयोजकत्वमा प्रदेशको कोटाबाट निर्वाचित केन्द्रीय सदस्यहरु र प्रदेश मातहतका शाखा अध्यक्षहरु सदस्य रहने कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

    युनियनको पदाधिकारी बैठकले आगामी जेठ १९ गते शुक्रबारका लागि तय गरेको अधिवेशन काठमाडौको थापागाँउस्थीत युनियनको केन्द्रीय कार्यालयसँगै रहेको काठमाडौ व्याङ्केटमा हुने भएको छ ।

    प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अन्तर्गतका शाखा अध्यक्षहरुको संयुक्त बैठकले अधिवेशनका लागि आर्थिक संयोजन काठमाडौ शाखाले गर्ने, भोजन तथा कार्यक्रमस्थलको व्यवस्थापन भक्तपुर शाखाले गर्ने र प्रचार प्रसार तथा निमन्त्रणाको संयोजन ललितपुर शाखाले गर्नेगरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

    निर्वाचन प्रयोजनका लागि भने केन्द्रीय अध्यक्ष र महासचिवसँग परामर्श गरेर निर्वाचन समिति र सहमती समन्वय समिति पनि गठन गर्ने निर्णय गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

    बैठकमा मातहतका सबै शाखाका प्रतिनिधिहिरुले यथासिघ्र सदस्यता अध्यावधि गरी अधिवेशनको तयारी गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।


    बिहिवार, जेठ १८ २०८००७:०८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij