Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डा. बलायरको ‘मनको विम्बबाट‘ नामक कृति विमोचन

डा. बलायरको ‘मनको विम्बबाट‘ नामक कृति विमोचन

  • बुधवार, जेठ १७ २०८०

  • 656
    SHARES

  • डा. बलायरको ‘मनको विम्बबाट‘  नामक कृति विमोचन

    काठमाडौं। ‘मनको विम्बबाट‘ नामक कृतिको लोकापर्ण गरिएको छ। डा. रमेश बलायरको कृति ‘मनको विम्बबाट‘ आज एक कार्यक्रमको आयोजना गरेर लोकार्पण गरिएको हो। आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो ।

    साझा प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ। १८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् ।बोदि बुक्स एण्ड वेक्स नक्सालले एक भव्य समारोहकाबीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको हो।

    बलाएरले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तिकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गर्दै कवितामार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि प्रेरित गरेका छन्।

    डोटीको विकट गाउँमा जन्मेका बलायर मेहनत र लगानशीलताका पर्यावाची हुन् भन्दा अतिशयोक्ति नहोला। आईओवा स्टेट यूनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधी गर्नुभएका बलायर सोही यूनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा संलग्न रहेका छन् ।

    उनका महिला सशक्तिकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता अनुसन्धानात्मक क्षेत्रमा रुचि राख्ने बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार,इजरायल दूतावास,संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर आफ्नो लामो अनुभव बटुलिसकेका छन ।


    बुधवार, जेठ १७ २०८००५:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij