Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बीपी प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

  • शनिवार, आश्विन १० २०७७

  • 870
    SHARES

  • बीपी प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

    सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

    विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो सवा ३ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

    त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । ती बिरामीमा पहिलेदेखि अन्य कुनै पनि रोग नभएको प्रतिष्ठानले जनाएको छ ।


    शनिवार, आश्विन १० २०७७१०:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij