Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाल्पा पहिराे : बेपत्ता भएका पाँचै जनाको शव भेटियो

पाल्पा पहिराे : बेपत्ता भएका पाँचै जनाको शव भेटियो

  • शनिवार, आश्विन १० २०७७

  • 944
    SHARES

  • पाल्पा पहिराे : बेपत्ता भएका पाँचै जनाको शव भेटियो

    पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको गएराति शव भेटिएको हो । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए । 

    ठूलो पानी परेकाले बिहीबार खोजीकार्य हुन सकेको थिएन । बर्षा कम भएसँगै शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य तिब्र भएपछि शव भेटिएको हो ।  


    शनिवार, आश्विन १० २०७७०९:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij