Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सरकारले अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि कर्मचारीहरु आन्दोलित

सरकारले अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि कर्मचारीहरु आन्दोलित

  • बुधवार, जेठ १७ २०८०

  • 825
    SHARES

  • सरकारले अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि कर्मचारीहरु आन्दोलित

    काठमाडौं । सरकारले देशभरका अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि अतिरिक्त हुलाक सेवाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले सरकारको घोषणा फिर्ता लिन माग गर्दै अतिरिक्त हुलाक सेवाका सम्पुर्ण सेवाहरु ठम्प पार्ने आन्दोलन सुरु गरेको छ ।

    सरकारले गत जेठ १५ गते गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने घोषणा गरेपछि कर्मचारीहरुले त्यसको भोलीपल्ट देखि नै आन्दोलन सुरु गरेका हुन् ।

    एशोसिएसनका अध्यक्ष टंकप्रसाद हुमागाईले वक्तव्य प्रकाशित गरी सरकारको निर्णयले अतिरिक्त हुलाक सेवामा कार्यरत १० हजार ८५३ कर्मचारीको रोजगारी खोसिने उल्लेख गर्नु भएको छ ।

    दुरदराजमा रहेर सेवा गरिरहेका कर्मचारीहरुलाई समयानुकुल परिमार्जित गर्नुको सट्टामा खारेज नै गर्ने कार्य अदुरदर्शी रहेको उहाँको भनाई छ । लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्ने निर्णय तत्काल फिर्ता नलिएमा थप कडा आन्दोलन सुरु गर्ने चेतावनी पनि एशोसिएसनले दिएको छ ।


    बुधवार, जेठ १७ २०८००८:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij