Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिग : नेपाली लेग स्पिनर सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग : नेपाली लेग स्पिनर सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

  • शनिवार, आश्विन १० २०७७

  • 1.4K
    SHARES

  • इन्डियन प्रिमियर लिग : नेपाली लेग स्पिनर सन्दीप आबद्द दिल्लीको लगातार दोस्रो जित

    एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

    शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

     

    चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए ।कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।

    दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै एन्रीच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए ।दिल्लीले सन्दीपलाई भने मैदान उतारेको थिएन । सन्दीप लगातार दोस्रो खेलमा प्लेइङ सेटमा नपरेका हुन् ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे ।

    शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट लिए ।

    जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो । तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो ।

    पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । चेन्नईले ३ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पाँचौं स्थानमा रहेको छ ।


    शनिवार, आश्विन १० २०७७०६:२८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij