Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासंघलाई सरकारद्धारा निर्वाचनको अनुमति

उद्योग वाणिज्य महासंघलाई सरकारद्धारा निर्वाचनको अनुमति

  • शुक्रवार, आश्विन ९ २०७७

  • 919
    SHARES

  • उद्योग वाणिज्य महासंघलाई सरकारद्धारा निर्वाचनको अनुमति

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन गर्न सरकारले अनुमति प्रदान गरेको छ। मंसिर ११ र १२ गते निर्वाचन गर्ने महासंघको निर्णय भएको भन्दै त्यसको लागि गृह मन्त्रालयसँग महासंघले अनुमति मागेको थियो ।

    मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको हो ।

    महासंघको निर्वाचन गत चैत २८ र २९ गते हुनपर्ने थियो कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनपछि निर्वाचन सरेको थियो । निर्वाचन कसरी गर्न सकिन्छ भन्ने विषयमा महासंघले एक अध्ययन कार्यदल नै गठन गरेको थियो ।

    कोरोना संक्रमणको समयमा साधारणसभा भर्चुअल विधिबाट र निर्वाचन भने प्रदेश र केन्द्रमा बाँडफाँट गरेर गर्न सकिने महासंघले बताएको थियो ।
    सोहीअनुसार सरकारसँग अनुमति माग गरिएको थियो । गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुने गरी निर्वाचन गर्न अनुमति दिएको छ।


    शुक्रवार, आश्विन ९ २०७७०७:०९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij