Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

खैरो हेरोइन कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

खैरो हेरोइन कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

  • आइतवार, जेठ १४ २०८०

  • 481
    SHARES

  • खैरो हेरोइन कारोबार गर्ने गिरोहका ७ जना पक्राउ
    काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टिमले हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ७ जनालाई पक्राउ गरी आइतबार(आज) सार्वजनिक गरेको हो।
     
    प्रहरीले जेठ ९ गते काठमाडौंको बौद्ध टुसालस्थित एक होटेलबाट लागुऔषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो।
     
    जेठ ११ गते काठमाडौं–९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू पक्राउ परेका थिए। एक जना पक्राउबाट अपरेसन सुरु गरेको प्रहरीले यो नेटवर्कका थप सदस्यहरू पनि पक्राउ गर्दै गयो। 
     
    ब्यूरोकै सूचनाका आधारमा जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ परेको ब्यूरोका प्रवक्ता तथा एसपी चक्रराज जोशीले बताउनुभयो।
     
    जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेरोइन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ कि श्यामला सोरेन पक्राउ परे।
     
    उनीहरूलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ। यस कारबाहीमा नेपालीलाई लागुऔषध खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरू समेतलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जोशीले बताउनुभयो।
     
    त्यस्तै प्रहरीले लागुऔषध चरेस तीन किलो ६ सय ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पा छन्। उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरिएको हो।


    आइतवार, जेठ १४ २०८००४:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij