Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज पनि देशका केहि स्थानमा वर्षाको सम्भावना

आज पनि देशका केहि स्थानमा वर्षाको सम्भावना

  • शनिवार, जेठ १३ २०८०

  • 422
    SHARES

  • आज पनि देशका केहि स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

    देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

    आइतबार देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    शनिवार, जेठ १३ २०८००७:१४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij