Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नक्कली भूटानी शरणार्थी प्रकरणका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु

नक्कली भूटानी शरणार्थी प्रकरणका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु

  • शुक्रवार, जेठ १२ २०८०

  • 275
    SHARES

  • नक्कली भूटानी शरणार्थी प्रकरणका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु

    काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ ।

    शुक्रवारबाट पक्राउ परेका १६ जनाको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

    नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ ।

    सोही प्रकरणमा १६ जना पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइनेछ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

     


    शुक्रवार, जेठ १२ २०८००१:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij