Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.1K
    SHARES

  • विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

    काठमाडौं । विवेकशील नेपाली दलले सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

    भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ ।

    १२औं दिनसम्म पनि सरकार संवेदनशील नभएको भन्दै विवेकशीलले माग सम्बोधनका लागि तत्काल वार्ता गरी डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

    साथै सत्याग्रही डाक्टर केसीलाई गरिएको जवरजस्ती व्यवहारप्रति सरकारले नि:शर्त माफी माग्नु पर्ने विवेकशीलको माग छ ।

    पछिल्लो समय डाक्टर केसीले पहिलेका सबै माग पूरा गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन तत्कालन सुरु गर्नुपर्ने, दूर दराजमा मेडिकल शिक्षा विस्तार गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।


    शुक्रवार, आश्विन ९ २०७७०३:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij