Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकासहित देशभर वर्षा

काठमाडौँ उपत्यकासहित देशभर वर्षा

  • बिहिवार, जेठ ११ २०८०

  • 310
    SHARES

  • काठमाडौँ उपत्यकासहित देशभर वर्षा

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ ।

    मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उहाँले बताउनुभयो ।

    कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    बिहिवार, जेठ ११ २०८००२:३९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij