Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सिडेनको महाधिवेशनमा लक्ष्मण केसी समूहका सात प्रतिवद्धता

सिडेनको महाधिवेशनमा लक्ष्मण केसी समूहका सात प्रतिवद्धता

  • बिहिवार, जेठ ११ २०८०

  • 590
    SHARES

  • सिडेनको महाधिवेशनमा लक्ष्मण केसी समूहका सात प्रतिवद्धता

    काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को सातौ केन्द्रिय कार्यकारिणी र दोस्रो प्रादेशिक कार्यकारिणी समितिको महाधिवेशनका लागि इन्जिनियर लक्ष्मण केसी नेतृत्वको समूहले सात प्रतिवद्धता सहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    यहि जेठ १३ गते शनिवार काठमाडौमा हुने काँग्रेस निकट इन्जिनियरहरुको यस महाधिवेशनका लागि पेशामा अब्बल तथा युवा इन्जिनियरहरुले के।सि। नेतृत्वको समूहलाई अगाडि सारेको केन्द्रीय सदस्यका उम्मेदवार जगदिश नेपालले जानकारी दिनुभयो ।

    के.सी नेतृत्वको समूहले लोकतन्त्र प्रति प्रतिबद्ध इन्जिनियरहरु विचको सहकार्य एव समन्वय अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय समितिहरुमा सेडेनको विधान बमोजिम अधिकार प्रत्यायोजन गरी सबै तहमा लोकतान्त्रिक इन्जिनियरहरुको पहुच सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ ।

    त्यसैगरी समावेशी प्रतिनिधित्वको मुद्दालाई विधान संशोधन गरेर सम्बोधन गर्ने, सल्लाहकार समिति तथा विभिन्न विभागहरु चलायमान बनाउने, वरिष्ठ र कनिष्ठ ईन्जिनियरहरु बीच ज्ञान र अनुभवको स्थानान्तरणको लागी मेन्टरसीप, इन्जिनियर्स मिट जस्ता कार्यक्रमहरु गर्ने अठोट पनि के।सि समूहले गरेको छ ।

    सरकार एवं पार्टिलाई विभिन्न इन्जिनियरिङ्ग विधामा तथ्यमा आधारित नीति निर्माण र विषयगत प्राविधिक दृष्टिकोण बनाउन सुझाव एव पृष्ठपोषण दिने, राष्ट्रिय प्राविधिक मुद्दाहरुमा संस्थागत र आधिकारीक दृष्टिकोण स्थापित गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन, प्रदेश स्तरका सेमिनारहरु र विभिन्न प्राविधिक कार्यक्रमहरु आयोजना गर्ने योजना पनि के।सि। समूहले बनाएको छ ।

    डजिटल सिडेनको अवधारणा कार्यान्वयन गर्दै नियमित कार्यालय संचालनको सुनिश्चितताको लागि पूर्णकालिन आई।टि।स्टाफको व्यवस्था गर्दै डिजिटल इन्जिनियर हेल्प डेक्स स्थापना गर्ने र सिडेनको अर्को चुनाव विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गराउने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

    “ग्रामिण तथा शहरी क्षेत्रमा कार्यरत इन्जिनियरहरु मार्फत आम जनचाहाना र समस्याहरुलाई सम्बोधन गर्न संस्थागत इन्जिनियरिङ समाधानका लागि राजनीतिक संगठनहरु, विभिन्न इन्जिनियरिङ्ग समाजहरु मार्फत नेपाल सरकारलाई नीति निर्माणमा समावेश गर्न पैरवी गर्नेछौ” प्रतिबद्धता पत्रमा लेखिएको छ ।

    आफ्नो समूहलाई निर्वाचित भएमा आफूहरुले सिडेनलाई सुद्दिढ गराउदै नेपाली कांग्रेसको रुपान्तरणको आभियानमा पनि योगदान दिने र इन्जिनियरिंग ज्ञान मार्फत नेपालको विकासमा टेवा पु¥याउने अध्यक्षमा उम्मेदवार लक्ष्मण केसीले अठोट व्यक्त गर्नुभयो ।

    केसीको समूहबाट उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमन बहादुर खड्का, उपमहासचिवमा सुशिल लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत उम्मेदवार हुन लागेका छन् । केन्द्रीय सदस्यहरुमा भने जगदिश नेपाल, इश्वर अर्याल, सन्दिप वाग्ले, नविन बस्नेत, दिपक पौडेल, शेखरनाथ चापागाई, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, सुशान्त भुजेल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थीले उम्मेदवारी दिने भएका छन् । बाग्मती प्रदेश अध्यक्षमा नरकान्त सापकोटाको समूहबाट उम्मेदवार छन् ।


    बिहिवार, जेठ ११ २०८०१०:४५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij