Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

रुकुम पश्चिममा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

  • बिहिवार, जेठ ११ २०८०

  • 275
    SHARES

  • रुकुम पश्चिममा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका हुन् ।

    बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनको सानो छोराको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवथा गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।

    सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताउनुभयो।


    बिहिवार, जेठ ११ २०८०१०:१४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij