Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

  • बिहिवार, जेठ ११ २०८०

  • 308
    SHARES

  • आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं। गृह मन्त्रालयले आज बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

    मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘वि.सं. २०८० साल जेष्ठ ११ गते आजका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’


    बिहिवार, जेठ ११ २०८००७:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij