Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • बिहिवार, जेठ ११ २०८०

  • 514
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।

    आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको  सम्भावना रहेको छ । 


    बिहिवार, जेठ ११ २०८००७:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij