Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा इनारभित्र पसेका दुई जनाको मृत्यु, एकको उपचार हुँदै

मकवानपुरमा इनारभित्र पसेका दुई जनाको मृत्यु, एकको उपचार हुँदै

  • शुक्रवार, आश्विन ९ २०७७

  • 943
    SHARES

  • मकवानपुरमा इनारभित्र पसेका दुई जनाको मृत्यु, एकको उपचार हुँदै

    मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ ।

    दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

    उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए । साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए ।

    दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए ।

    त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेला परेको हो । बेहोस भएका लोलाई भने उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

    साह र नेपालीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।


    शुक्रवार, आश्विन ९ २०७७०२:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij