Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

७० सहकारीलाई ऋण तिर्न युवा स्वरोजगार कोषको ३५ दिने सूचना

७० सहकारीलाई ऋण तिर्न युवा स्वरोजगार कोषको ३५ दिने सूचना

  • बुधवार, जेठ १० २०८०

  • 673
    SHARES

  • ७० सहकारीलाई ऋण तिर्न युवा स्वरोजगार कोषको ३५ दिने सूचना
    काठमाडौं । ७० वटा सहकारी संस्थाहरूले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि कर्जा तिर्न आउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।
     
    बुधबार(आज) एक सूचना प्रकाशित गर्दै कोषबाट थोक कर्जा लिएका ७० सहकारी संस्थाहरूले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूचना प्रकाशित गरेको छ ।
     
    ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ कोषले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
     
    तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरूको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने ब्यहोरा कोषले जनाएको छ ।
     
    ७० वटा सहकारीले ५ लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी रहेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताउनुभयो । विभिन्न राजनीतिक पहुँचका आधारमा कोषको कर्जा नतिरी बसेको सहकारी संस्थालाई कोषले सूचना प्रकाशित गर्दै कर्जा असुली गरिरहेको उहाँले बताउनुभयो । २०७३ देखि २०७५ सम्म कोषबाट कर्जा लिएर कर्जा चुक्ता गर्नुपर्ने मितिमा कर्जा चुक्ता नगरेका संस्थाहरूको सूची प्रकाशित भएको उहाँले बताउनुभयो ।
     
    sahakari-data (1).jpg


    बुधवार, जेठ १० २०८००२:३३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij