Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएल टिम बेंग्लोरका कप्तान विराट कोहलीलाई १९ लाख जरिवाना

आइपिएल टिम बेंग्लोरका कप्तान विराट कोहलीलाई १९ लाख जरिवाना

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.2K
    SHARES

  • आइपिएल टिम बेंग्लोरका कप्तान विराट कोहलीलाई १९ लाख जरिवाना

    काठमाडौं । ईण्डियन प्रिमियर लिग क्रिकेट टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ ।

    किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ’स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ जरिवाना गरिएको छ । कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो ।

    आइपिएलका अनुसार ’न्यूनतम ओभर गति उल्लङघन’सँग सम्बन्धित नियमअनुसार कोहलीमाथि जरिवाना गरिएको हो । दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए ।

    राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहदा कोलहीले क्याच मिस गरेका थिए। जुन बेंग्लोरका लागि महँगो सावित भयो । किनभने जीवनदान पाएका राहुलले शतक प्रहार गर्दा बेंग्लोरले विशाल लक्ष्य पाएको थियो।


    शुक्रवार, आश्विन ९ २०७७०२:३१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij