Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत (तस्बिरसहित)

हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत (तस्बिरसहित)

  • मंगलवार, जेठ ९ २०८०

  • 508
    SHARES

  • हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत (तस्बिरसहित)

    काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

    त्रिभुवन विमानस्थलमा उहाँलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराँतीसहितको सरकारी टोली र सर्वसाधारणले बुढामगरलाई खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

    रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर बुढामगरको घुँडाभन्दा मुनिको भाग गुमेको थियो।

    3.PNG

    दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

    झन्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    2.PNG


    मंगलवार, जेठ ९ २०८००२:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij