Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सप्तरीमा घाँटी छिनाएर युवकको हत्या

सप्तरीमा घाँटी छिनाएर युवकको हत्या

  • सोमवार, जेठ ८ २०८०

  • 524
    SHARES

  • सप्तरीमा घाँटी छिनाएर युवकको हत्या

    काठमाडौं।सप्तरीमा एक युवकको घाँटी झिनाएर हत्या भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४, मधवापुरस्थित धान खेतमा २० वर्षीय युवकको धारिलो हतियारले घाँटी छिनाएको अवस्थामा शव फेला परेको हो ।

    सप्तरी प्रहरीले जनाएअनुसार हत्या भएका युवकको पहिचान हुन सकेको छैन।अहिले शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

    घाँटी काटिएको युवकको शरीरमा चोटपटक र कोखामा समेत धारिलो हतियारले रोपिएको तथा भित्री कट्टु बाहेक अन्य कपडाहरू फरक स्थानमा फेला परेको छ ।

    राति खेतमा बसेर रक्सी खाएर झगडा भएपछि हत्या भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ।थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


    सोमवार, जेठ ८ २०८००३:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij