कसम तिमिलाइ नबचाई छोड्ने छैनौं
१.तिमि सम्पदा र पहिचानको खानि थियौं,
तर के गर्नु तिमी चलमलाउन नसक्ने गरि लडिरहेकी थियौं,
बोल्न नसक्ने गरि छट्पटी रहेकि थियौं।
२.साच्चै तिम्रो शरिर लडिरहेको थियो,
आखाँ,मुख चल्न छोडिसकेका थिए,
तिम्रा अङ्ग प्रत्याङग मृत्य जस्तै ढलिरहेका थिए।
३.तिम्रा घरका मान्छे र आफन्त नजिक पर्न छोडिसकेका थिए,
तिम्रो उपचार गर्नुपर्ने कर्तब्य तोडिसकेका थिए,
तिमी बाँच्छौ भन्ने आशाबाट मोडिसकेका थिए ।
४.साच्चै तिम्रो शरीर गन्नाएर डुङ्ग डुङग थियो,
सबै जना नाक मुख थुनेर फर्किन्थे,
तिमी भएको बाटो हिड्न नपरोस् भनि तर्किन्थे।
५. तिमि कतै बिउझन्छेउ कि भन्ने म र हामिलाइ अनायासै कता कता आशा पलाए कै हो,
त्यसैले म र हामिले तिमिलाई आइसिउमा भर्ना गरेकै हो,
चाहिएको औषधि भरेकै हो।
६. तिम्रो उपचारमा खटिदा कतिले खिल्लि उडाए, तिम्रो सम्पति पाउने आशामा दौडेको भनि भ्रम फौलाए,
तिम्रो स्याहारमा खटिए वापत महिनावारी तलब खाने टाग पनि भिराए।
७. खएर केहि छैन, न तिमिले चिन्छेउ मलाई,
न त तिमि मेरै नाता पर्ने रहेछ,
निस्वार्थ तिम्रो उपचारमा खटिएको आज ठ्याक्कै १० बर्ष १२ महिना भएछ,
८. आइसिउबाट जेनेरस वाडमा सारेको पनि धेरै बर्ष भो,
खै तिमि पुर्ण निको भयौं भन्न पाइने कहिले हो? सन्तोषको स्वास फेर्न पाइने कहिले हो?
९. यस अर्थमा खुसी छौ,
तिम्रो मृत शरीर बिउतिएको छ,
आफै खान र हिड्न सक्ने भै सकेकि छौ,
निको गराउन सक्ने आशाको किरण छाइसकेकि छौं।
१०. कसम, तिमीलाइ पूर्ण निको नहुन्जेल छोड्ने छैनौं,
बिस्वास र ईमानदारिता तोड्ने छैनौं,
तिम्रा घर परिवारलाई जवाफदेही नबनई छोड्ने छैनौ।
११.निस्बार्थ हिसाबले तिम्रो उपचारमा खटिएका सबैलाइ कोटिकोटि नमन छ,
यो राष्ट्रभक्तको बाटोमा आत्मसम्मान, खुसी र सन्तुष्टि छ,
यहि जीवनमा स्वर्गीय आनन्दको अनुभूति छ, यहि जीवनमा स्वर्गीय आनन्दको अनुभुती छ।।
जय वाग्मती