Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धनगढीमा डा. प्रसन्ना मृत्यु प्रकरण : एक युवक पक्राउ

धनगढीमा डा. प्रसन्ना मृत्यु प्रकरण : एक युवक पक्राउ

  • शनिवार, जेठ ६ २०८०

  • 822
    SHARES

  • धनगढीमा डा. प्रसन्ना मृत्यु प्रकरण : एक युवक पक्राउ

    काठमाडौं । कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटना अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए ।

    चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिनुभयो।

    जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।

     


    शनिवार, जेठ ६ २०८००२:०६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij