काठमाडौं। मोरङमा गाई काटेको आरोपमा ४ जना पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका ३ मा राष्ट्रिय जनावर गाइ काटेको आरोपमा ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू पक्राउ परेका हुन् ।
केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई गएराति पक्राउ पक्राउ गरेको हो ।
पक्राउ परेकाको घरबाट गाईको मासु, टाउको र खुट्टा बरामद भएको प्रहरीले बताएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।